काठमाडौं । गत असोज १२ गतेको बाढीले बगाएको फोक्सिङटारको पुल पुन निर्माणका लागि स्रोत सुनिश्चित भएको छ । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल पुन निर्माणका लागि अर्थ मन्त्रालयले ३५ करोड बजेट स्रोत सुनिश्चित गरेको हो ।
१२ वर्ष लगाएर निमार्ण सम्पन्न भएपछि हस्तारन्तरणको तयारी हुँदै गर्दा पुल सुनकोशी नदीको बाढीले बगाएको थियो ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरिदिएपछि पुल निमार्णको कार्य चाँडै सुरु हुने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेबमोजिम बजेट सुनिश्चत भएको हो। पुलको डिजाइन टुंगो लागेपछि ठेक्का खुल्ने बताइएको छ ।