काठमाडौं । भरतपुर महानगरपालिकामा नवनिर्मित ६ लेनको सडक उद्घाटन गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज सडकको उद्घाटन गरेका हुन् ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले नै २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए । १ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडान गरिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ ।