काठमाडौं । भिसी शेरबहादुर मोटरमार्गको चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति गर्न सुरु गरिएको छ । तनहुँको भानु नगरपालिका–१२ स्थित चन्द्रावती–घलेछाप सडकखण्ड सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको बजेटमा स्तरोन्नति गर्न लागिएको हो ।
सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक करोड बजेटमा तनहुँको भानु नगरपालिका–१२ स्थित ढुङ्गेधारा घुम्तीबाट ४ सय ७० मिटर सडक कालोपत्र गर्न सुरु गरिएको छ ।
सहरी विकास मन्त्रालयको एक करोड बजेटबाट चार सय ९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको रु २० लाख बजेटबाट सुरुआती बिन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याविन जाली र ५४ घनमिटर पक्की नाला निर्माणको काम सम्पन्न भइसकेको छ ।