काठमाडौं । लुहाम–मख्खनटाकुरी–बल्ले सडक स्तरोन्नतिको काम भइरहेको छ । सल्यानदेखि दाङ तुलसीपुर आवतजावत गर्दा छोटो दूरीमा पर्ने लुहाम–फलाबाङ–मख्खनटाकुरी–बल्ले सडक खण्ड स्तरोन्नतिको काम भइरहेको हो ।
सडक स्तरोन्नतिका क्रममा उक्त सडक एक हप्ताका लागि बन्द गरिएको छ । प्रहरी, प्रशासन, पालिकासँगको समन्वयमा जिल्लाको त्रिवेणी गाउँपालिका–४ वडा कार्यालयले स्तरवृद्धिका लागि उक्त सडक खण्डमा यातायात सेवा बन्द गरेको हो ।
राप्ती राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको लुहाम–फलाबाङ्ग–मख्खनटाकुरी–बल्ले खण्डमा दैनिक दर्जनभन्दा बढी साना गाडी आउजाउ गर्छन् । सवारी साधनका कारण निर्माण कार्यमा समस्या भएपछि सडक बन्द गरेर काम गर्न थालेको बताइएको छ ।
सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको एक करोड बजेट र पालिकाबाट एक करोड बजेट विनियोजन गरिएको छ ।