काठमाडौं । तनहुँ जिल्लाको व्यास नगरपालिकामा पुल निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा पुल निर्माण सम्पन्न भएको हो ।
व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख ३२४ बजेटमा निर्माण गरिएको पुल केही दिनमै निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गर्ने बताइएको छ ।
आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको काम सम्झौताको चार महिना अघि नै निर्माण सम्पन्न भएको छ । सम्झौता अगाडि नै पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई नगरपालिकाले सम्मान समेत गर्ने भएको छ ।
पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । पुलका कारण खोलाको किनारमा भएका एक सय भन्दा बढी घरलाई समेत संरक्षण मिल्ने भएको छ ।