काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले खहरेखोलामा दुई वटा कल्भर्ट निर्माण गरेको छ । नवनिर्मित कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कल्भर्ट उपमहानगरपालिकाको वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौंडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा कल्भर्ट निर्माण गरिएको छ।
एउटा कल्भर्ट एक करोड १९ लाख रुपैयाँमा र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको उपमहानगरले जनाएको छ ।