काठमाडौं । बागलुङको ओढारचौर–ढोडेनी सडक स्तरोन्नति गरिँदै छ । आगामी असार महिनाभित्र कालोपत्र हुने गरी सडक स्तरोन्नतिकाे काम तीव्र गतिमा भइरहेको हो ।
विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीन वटा सडक कालोपत्र गर्न रु ५८ करोड अनुदान पाएको थियो ।
उक्त बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर–ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती–माझीबस्ती–निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी–तितौरे सडक छनोट गरेको थियो ।
नगरपालिकाले ०८१ जेठ १५ गते आशिष/फेवा जेवीसँग १२.५ किलोमिटर सडक कालोपत्र गर्न ४९ करोड २१ लाखमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । ट्रयाक खुलेको २६ वर्षपछि सडक स्तरोन्नति हुने भएपछि स्थानीय खुसी भएका छन् ।