काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा दुलेगौडा साखे सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । १५ लाख लागतमा शुक्लागण्डकी नगरपालिका–८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नतिको काम सुरु भएको हो ।
सडक स्तरोन्नतिका लागि शनिबारदेखि बराहखोला कल्भर्ट, कुमारी बैङ्क अगाडि र भाटीको डिल खण्डमा सवारी आवागमन समेत बन्द गरिएको छ । एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
त्यसैगरी भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर सडकअन्तर्गत चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको बजेटबाट स्तरोन्नति थालिएको हो ।