काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा बाढीले डाइभर्सन बगाएको छ । वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो ।
डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा वरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाएको विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेको बताए । उनले डाइभर्सन बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएको जानकारी दिए ।
यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने प्रहरीले बताएको छ ।