काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धको काम रोक्न माग गरेको छ । एमाले जिल्ला कमिटिले तटबन्धको काम तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको हो ।
नेपाली भूमि मात्र नभई नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्नुपर्ने उनीहरुको माग छ । कूटनीतिक माध्यमबाट समस्याको समाधान यथाशक्य चाँडो गर्न परराष्ट्रको ध्यानाकर्षण गराएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए।
विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।