तनहुँ । तनहुँको दुलेगौडा–हर्कपुर मोटरमार्ग स्तरोन्नति गर्न सुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २९ करोड बजेटमा सडक स्तरोन्नतिको काम सुरु भएको हो ।
मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति हुने भएपछि स्थानीय खुसी छन् ।आर्थिक अभावमा यसअघि पटक पटक ठेक्का लागेपनि काम हुन सकेको थिएन । आठ वर्षदेखि अलपत्र हुँदै आएको सडकको तीन किलोमिटर कालोपत्रको काम अहिले सुरु भएको छ ।
नगरपालिकाको आर्थिक स्रोतबाट दुई करोड विनियोजन गरी जिरोटार खण्डसम्म करिब दुई किमी सडक नाला, कालोपत्रे र ढलान कार्य यसअघि नै सम्पन्न गरिसकेको छ ।