काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै आयोजनाका काम समयमै सम्पन्न नगर्ने विभिन्न १० निर्माण कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।
