काठमाडौं । बाढीले डाइभर्सन बगाएर अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलाको बाढीले डाइभर्सन बगाएर अवरुद्ध बनेको सडक आइतबार दिउँसोबाट सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडक मर्मतसम्भार गरेपछि आइतबार दिउँसो १ बजेदेखि सडकमा यातायात सञ्चालन भएको हो । अहिले पनि सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।