काठमाडौं । सांसद दिलेन्द्रप्रसाद बडूले भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई राष्ट्रिय गौरवको योजनामा समावेश माग गरेका छन् । नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले यस्तो माग गरेका हुन् ।
उनले कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न समेत माग गरेका छन् । यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने उनको भनाइ छ।