काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र छायाङ्कन स्टुडियोको निर्माणका लागि शिलान्यास गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास गरेका हुन् ।
४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्।