चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना निर्माण गर्नका लागि शिलान्यास गरिएको छ ।
महानगरपालिकाले गौरवको आयोजनाका रूपमा वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्ने गरी संरचना निर्माण गर्न आज शिलान्यास समेत गरिएको हो ।
आयोजनाको आज महानगर प्रमुख रेणु दाहालले शिलान्यास गरेकी छन् । शिलान्यास कार्यक्रममा उनले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्धारमा टेवा पुग्ने गरी पार्क निर्माण गर्न लागेको जानकारी समेत दिएकी छन् ।
प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्नेहरूका लागि पनि पार्क उपयोगी हुने बताइन् ।