काठमाडौ । योजना अनुगमन समितिले लैनचौर मार्गमा गरेको अस्फाल्ट ९सडकमा कालोपत्रे थप गर्ने० को अनुगमन गरेको छ । बिहीबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै उपप्रमुख डंगोलले प्राविधिक प्रतिवेदन माग गरेकी छिन् । काम राम्रो देखिएको तर यसलाई पुष्टि गर्न कागजमा लेखिएको र फिल्डको अवस्था दाँजेर हेर्नुपर्ने भन्दै उनले इञ्जिनियरहरुसँग प्राविधिक प्रतिवेदन पेश गर्न भनेकी हुन्।
अनुगमनका क्रममा सडक कालोपत्रे गर्न प्रयोग गरिएको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन ९खँदिलोपना०, निर्माण सामग्रीको मिश्रण, ढल निकास, खानेपानीसहित अन्य संरचनासँगको सञ्जाल सम्बन्ध हेरिएको छ । निर्माण कार्यअन्तर्गत अस्फाल्टको काम सकिएको छ । साइड ड्रेन ९सतह पानीको निकास० का लागि काम गर्न बाँकी छ ।