काठमाडौं । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज एक कार्यक्रमका बीच मेलम्चीको पानी वितरण कार्यको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री यादवले सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्याउनका लागि पाइप लाइनको विस्तार गर्ने जानकारी समेत दिए । उनले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित दाबी गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायत उपस्थित थिए ।