काठमाडौं । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारको सुनकोशी नदीमा राखिएको अस्थायी बेलिब्रिज निकालिएको छ । नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको हो ।
गत वर्षको बाढीले फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । बाढीले बेलिब्रिज पनि बगाउने डरले सडक विभागले एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो । सोही अनुसार नदीमा पानी बढेसँगै बेलिब्रिज झिकिएको विभागले जनाएको छ ।
बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ ।