काठमाडौं । नागढुङ्गा–नौबिसे सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । आजदेखि जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ बजेसम्म सडक बन्द हुने भएको हो ।
नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि सडक बन्द गरेर काम थालेको जानकारी दिएको छ । काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको बताइएको छ ।
नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने छन् ।
उक्त सडकको विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।