काठमाडौं । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार भट्टराई तीन वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् ।
नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम भट्टराईलाई नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिएका छन् ।