काठमाडौं । मेची करिडोर सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडान कार्य हालसम्म ७० प्रतिशत सम्पन्न भएको हो ।
सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा निर्माण भइरहेको बेलिब्रिजको कामग आगामी जेठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्षातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ ।
यसअघि यहाँ पुल नहुँदा सामान्य वर्षामा पनि आवतजावत बन्द गर्नुपर्ने बाध्यता थियो ।