काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि आज दिनभर पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो । पुल निर्माण कार्य भइरहेको स्थानमा पुरानो पुल चर्केको र साइडमा भ्वाङ परेको छ।
पुलमा भ्वाङ परेसँगै आज दिनभर ठप्प भएको यातायात डाइभर्सन बनाएपछि सुचारु भएको छ । पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि आज बिहानदेखि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरू पारी नै अलपत्र परेका थिए ।