काठमाडौं । महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको भौतिक प्रगति हालसम्म ६१ प्रतिशत भएको छ ।
अहिले निर्माणाधीन विमानस्थलको एक हजार ५२५ मिटर धावनमार्गमध्ये एक हजार ३०० मिटर धावनमार्ग कालोपत्रे भइसकेको छ । विमानस्थलको धानवमार्ग कालोपत्रेको काम असारभित्र सक्ने लक्ष्य छ ।
पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको छ। मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको हो । जसअनुसार भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहने छ ।
विमानस्थल निमार्ण सम्पन्न भएपछि पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने यहाँका स्थानीयले अपेक्षा गरेका छन् ।