काठमाडौं। निर्माण व्यवसायी संघ झापाको सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम हुने भएको छ। भर्खरै सम्पन्न १४ औं साधारण सभा एवं अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम हुने भएको हो।
कार्यक्रम निर्माण व्यवसायी संघको सभाहल विर्तामोड नगरपालिका झापामा आगामी पुस १६ गते शुक्रबार विहान ११ बजेदेखि सुरु हुनेछ।
निर्माण व्यवसायी संघ झापाको नवगठित समितिको प्रथम उपाध्यक्षमा रमेश अधिकारी, द्वितिय उपाध्यक्षमा कुमारप्रसाद उप्रेती, तृतिय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईँ, महासचिवमा पुष्पराज निरौला, सचिवमा योगेन्द्र खड्का, कोषाध्यक्षमा चन्द्र खत्री, सहकोषध्यक्षमा सिताराम ढुंगेल निर्वाचित भएका थिए।
त्यसैगरी सदस्यहरु राजकुमार राई, नविन वराल, रमेश सेढाइँ, एंगल गुरुङ, प्रकाशकुमार सिंह, अनिता भट्टराई र चिरनसेन थापा निर्वाचित भएका थिए, भने महिला सदस्यमा भोलादेवी भट्टराई निर्वाचित भएकी थिइन्।