काठमाडौं । नेपाल वायु सेवा निगमले टरिगाउँ विमानस्थलबाट सातामा ५ उडान गर्न सुरु गरेको छ । तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट साताको पाँच उडान गर्न सुरु गरेको निगम तुलसीपुर शाखाले जनाएको हो ।
टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार उडान थप गरेको समेत तुलसीपुर शाखाले जनाएको छ । बुधवार र शनिवार मात्र यहाँ उडान हुँदैन ।