रौतहट। रौतहटमा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत सोमवार पाँचौं दिन विभिन्न सवारी चालकको स्वास्थ जाँच गरिएकाे छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटद्वारा आयोजित कार्यक्रममा चन्द्रपुर हस्पिटल प्रालिले चालकको निःशुल्क स्वास्थ जाँच तथा औषधी बितरण गरेकाे हाे ।
अस्पतालका सञ्चालक तथा बरिष्ठ डाक्टर सुभाष चौधरीले भने, ‘गाडी होस् वा देश गाडी दुर्घटनाबाट बच्न, चालक स्वस्थ हुनुपर्छ। देश दुर्घटनाबाट बच्न, प्रधानमन्त्री सन्तुलित र दूरदर्शी हुनुपर्छ। जिम्मेवारी जहिले पनि होसियार, सक्षम हातमा हुनु पर्छ’ उनले भने । राजमार्गमा यात्रुको सुरक्षा सुनिश्चित गर्न चालकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य अत्यावश्यक छ भन्ने उद्देश्यका साथ आज ट्राफिक जनचेतनामूलक सप्ताहको पाँचौं दिन चालक स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरको अगाडी बाटो छेउमा संचालित स्वास्थ परीक्षण कार्यक्रममा ७० जना चालकको परीक्षण तथा औषधी वितरण गरिएको डाक्टर चौधरीले बताएका छन्। सबै जनाको ब्लड सुगर, ब्लड प्रेसर, जेनरल चेक अफ, आँखा जाँच पछि औषधि वितरण गरिएको थियो।