रौतहट । रौतहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष १९ को राधेश्याम दास र बिजय दासका छोरा बर्ष १८ को राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शिर्षक मुद्धामा म्याद थप भै अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्।
गत शनिवार राती मावि भसेढवाको बिद्यालय भवनकी दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट थान १ चोरी गरी लगेको थियो।
चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलिपल्ट आईतवार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा बिद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै विद्यालयमा पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।