पर्वत । चिसापानी–देउराली–बानीडाँडा सडक ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको एक करोड लागतमा सडक कालोपत्र गर्न थालिएको हो ।
टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भइसकेको छ । यस वर्षको बजेटले कालोपत्र गर्न थालिएको छ ।
ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन् । यो सडकबा वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ ।