गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज दिउँसो पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी साधनहरू अलपत्र परेका छन् ।
सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।