काठमाडौं। दैलेख जिल्लाको नाम दधीचि ऋषीको नामबाट रहेको किंवदन्ती छ। दधीचि ऋषीको आश्रम यहि दैलेख जिल्लाका डुंगेश्वरमा रहेको भनिन्छ। दधीचि ऋषीले तपस्या गरेको ठाँउ भएको हुँदा दधी लेख भनिन्थ्यो। पछि अप्रभंश भइ दैलेख भएको मान्यता यहाँका बुढापाकाको छ।
दैलेख जिल्लामा नै भुर्ती मन्दिर क्षेत्र पनि छ। यस क्षेत्रमा २५ वटा मन्दिर रहेको भनिए पनि अहिले २२ वटा मात्र भेटिन्छ। २०६४ को माघबाट यस भुर्ति मन्दिर क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको थियो। हुन त यसको ऐतिहासिक तथ्य र विवरण भेटिदैन। यो मन्दिर क्षेत्र कसले कहिले बनाएको स्पष्ट अभिलेख नभेटिए पनि बि.सं. १४६५ मा श्रीबर्माको शासनकालमा बनाइएको अनुमान गरिएको छ। तस्विरमा २०२५ सालमा खिचिएको भुर्ती मन्दिर क्षेत्रमा रहेको पञ्चदेवलको मन्दिर देख्न सकिन्छ।