काठमाडौं । सुख्खा पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक पहिरो हटाएपछि खुलेको छ । सडक मंगलबार मध्याह्नबाट अवरूद्ध भएको थियो ।
पहिरो हटाएसँगै दिउँसो सवा ४ बजेबाट सडक दुईतर्फी नै खुलेको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक सडकमा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग हो । तर बर्खायाममा हरेक वर्ष पहिरोले समस्या हुने गरेको छ ।