रौतहट । रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका ११ राङ्गी गाउँस्थित सञ्चालित खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ। अज्ञात चोर समूहले विद्युत्को लाइन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्।
उनीहरुले ट्रान्सफर्मर तल झारेर त्यसभित्र रहेको महँगा तामाका तार चोरेर लागेका छन् । गाउँ बाहिर रहेको खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी भएको स्थानीयले बुधवार थाहा पाएर प्रहरीलाई खबर गरेका छन् ।
इलाका प्रहरी कार्यालय विजयपुरले चोरीको घटनाबारे आफूहरूले बुधवार बिहान ११ बजे थाहा पाउनेबितिकै स्थलगत निरीक्षण गरेको बताए। घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
ट्रान्सफर्मर चोरीसँगै गाउँका सयौँ परिवार खानेपानीबाट वञ्चित भएका छन्।