हुम्ला। खार्पुनाथ गाउँपालिकाको नागरीकले कर्णाली नदी वारपार गर्नको लागि तुइनको सहारा लिनुपर्ने बाँध्यता रहेके छ। विभिन्न कामको लागि गाउँपालिकाको कार्यलय तथा अन्य कामको लागि याङचु बजार जानको लागि तुइनबाट नदी तरेर जानु पर्दछ। झोलुङगे पुल निर्माण हुने भनिएको ३ वर्ष भइसकेको तर अहिलेसम्म निर्माण नहुँदा त्यहाँको स्थानीयले कष्ट खेप्नु परेको छ ।
बर्खाको भेलमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर तुइन बाट खोला तर्नु त्यहाँको स्थानीय लगायत सेवाग्राही तथा कर्मचारीहरुको बाँध्यता रहेका छ। उनिहरुलाई तुइनको सहाराले खोला तर्नु सिवाए अरु कुनै विकल्प नभएकोमा स्थानीयको गुणासो रहेको छ। कर्णाली नदीमा पुल निर्माण गर्नको लागि कसैले पनि चासो नदेखाएको कुरा स्थानीयले बताएका छन्।