काठमाडौं । वर्षाले विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो ।
सडक मर्मतको काम भइरहेकोले काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बैठकले निर्णय गरेको छ।
यो सडकखण्डमा ठूला गाडीलाई पूर्णरुपमा निषेध गरिएको छ । अन्य गाडीलाई राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेध गरिएको छ ।