काठमाडौं । विपी राजमार्गमा १५ दिनका लागि राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । विपी राजमार्गको सिन्धुली–खुर्कोट सडकखण्डमा वर्षाका कारण प्रभावित हुने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
यस सडक खण्डमा साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्मलाई सवारी साधन आवागमनमा निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना जारी गर्दै विपतको अवस्था सिर्जना हुने भएकोले रातिको समयमा निषेध गरिएको उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रे, सिन्धुली र रामेछापको संयुक्त बैठकले यो क्षेत्रमा रातिको समयमा सवारी साधनलाई निषेध गर्ने निर्णय गरेको हो ।