काठमाडौं । त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ खण्ड बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गर्दै लामिडाँडा–सिमभञ्ज्याङ खण्ड दुई दिन हुने जानकारी गराएको हो ।
उक्त सडकखण्डमा शुक्रवार र शनिवार दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गर्ने सूचनामा उल्लेख छ ।
मकवानपुर रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिच्छ्याउन लागिएकाले सडक बन्द गर्न लागिएको हो ।