सप्तरी। शिवम सिमेन्टले प्रदेश २ अन्तर्गतका विभिन्न जिल्लाका निर्माणकर्मीलाई भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गरेको छ।
निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम सिमेन्टले प्रदेश २ का एक हजार निर्माणकर्मीसँग परामर्श गरेको हो।
शिवम् सिमेन्टले उनीहरूको जोखिम बहन बीमा समेत गरेको छ। कम्पनीले कार्यक्रममा सहभागी निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
योसँगै शिवम सिमेन्टले देशभरका दुई हजार पाँच सय बढी निर्माणकर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको पाँच लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ।