काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डमा भोली बिहीवारदेखि यातायात सञ्चालन हुने भएको छ । विनयी खोलामा पुल निर्माण कार्य सम्पन्न भएकाले बिहीवारदेखि यातायात सुचारु गरिने भएको हो ।
२४५ मिटर लामो पुल भोलि बिहान ११ बजेदेखि सञ्चालनमा आउने सडक विस्तार आयोजना पूर्वीखण्डले जनाएको छ । ७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथसमेत रहेको छ ।
यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रुपमा सवारी साधानहरु वारपार गर्दै आएका थिए । पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइँदै आएको थियो । डाइभर्सन समेत खोलामा पानीको बहाव बढ्दा बगाइरहने समस्याले यहाँ सँधै यातायात सञ्चालनमा समस्या हुने गरेको थियो ।