काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक दुर्भावनाका कारण राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा अवरोध भएको बताएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री निधिले विश्वविद्यालयको भवन निर्माणका लागि रु आठ करोड बजेट विनियोजन भएको समेत जानकारी दिए । राजनीतिक दुर्भावनाका कारण भवन निर्माणमा अवरोध भएको भन्दै उनले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएको बताएका छन् ।