काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरुप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राखे । प्रतिनिधि सभाको आजको बैठकमा उनले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम भएको भन्ने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गरे ।
“मन्त्री सिंह र बागमति सभ्यता र विपद् व्यवस्थापन निकायहरुसँग छलफल गर्दा त्यस्तो कुनै कार्यक्रम नगरिने जवाफ पाएँ, त्यसका लागि आभार व्यक्त गर्छु । भविष्यमा पनि यस्तो काम नहोस्”, सांसद केसीले भने ।
मञ्जश्री गल्छी धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान भएको उल्लेख गर्दै उनले यस स्थानलाई यसको संरक्षणलाई ध्यान राख्दै डुबानको जोखिम कम गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए ।