काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाललाई चीनसँग जोड्ने रसुवास्थित नाकामा रहेको मितेरी पुल बगाएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका– २ रसुवागढीमा आज बिहान भोटेकोसी नदीमा आएको बाढीले उक्त पुल बगाएको हो ।
पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । चिनियाँ सहयोगमा बनेको उक्त पुल चिनियाँ निर्माण कम्पनीले ५ महिनामा निर्माण सम्पन्न गरेको थियो । पुल २०७६ जेठमा सञ्चालनमा आएको थियो ।
बाढीले पुल बगाउनुका साथै ठूलो धनजनको क्षति गरेको छ । बाढीमा परी अहिलेसम्म ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । हालसम्म ५० जनाको उद्दार गरिएको छ ।