काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले १० अर्ब अल्पकालीन ऋण लिन लागेको बताएका छन् ।
अल्पकालीन ऋणका लागि अर्थमन्त्रालयबाट सहमति समेत प्राप्त भइसकेको शाक्यले जानकारी दिए।
उनले प्राधिकरणमा हाल सिर्जित दायित्व तथा तरलता व्यवस्थापनका लागि यो ऋण प्रक्रिया अघि बढाएको बताएका छन् । ऋणले नगद अभावलाई पूर्ति गर्ने र प्राधिकरणलाई चलायमान बनाउन सजिलो हुने शाक्यको भनाइ छ ।
उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नति लगायतका कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न २० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको समेत शाक्यले जानकारी दिएका छन् ।