काठमाडौं । रसुवाको मितेरी पुल पुनस् सञ्चालनमा ल्याउन चीनसँग आग्रह गरिने भएको छ । विपद् कार्यकारी परिषदको मंगलबार साँझ बसेको बैठकले पुल पुनस् सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयबारे विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बुधबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएका हुन् ।
‘मितेरी पुल चीन र नेपालबीचको महत्त्वपूर्ण नाका भएकाले यसलाई तत्कालै सुचारु गर्नका लागि त्यहाँ जुन सडक बनिरहेको छ,’ भट्टले भने, ‘त्यो पहिलादेखि नै चीनकै मद्दतबाट बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको छ ।’