म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलामा पाँच शय्याको अस्पतालको भवन निर्माण गरिएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले ६ करोड रुपैयाँ लागतमा भवन निर्माण गरेको हो ।
औलामा रहेको पुरानो स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन बनाइएको हो । नयाँ भवनबाट चाँडै स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी भइरहेको पालिकाले जनाएको छ ।
यस भवनमा कर्मचारी र स्वास्थ्यकर्मीका लागि आवासको समेत व्यवस्था गरिएको छ । भवन निर्माणका लागि हर्कबहादुर गरबुजा लगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गा दान गरेका थिए ।
भवनले स्थानीय स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा समेत गरिएको छ ।