काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।
बिहीवार बिहान इकुमा पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको अरनिको राजमार्ग सडक डिभिजन कार्यालय चरिकोटले बेलुकाबाट खुलाएको हो ।
इकुमा माथिबाट पहिरो खस्दा र सडकको तलपट्टी भोटेकोशीले कटान गरेर भासिएको कारण सडक पूर्णरुपमा अबरुद्ध भएको थियो ।
कोदारी र इकोमा सडक भासिएर तातोपानी नाका बन्द भएको यो चौथो पटक हो भने कोदारीमा आइतबार पनि सडक अवरुद्ध भएको थियो ।
यसअघि कोदारी, लार्चे, र कोप्लाङमा सडक अवरुद्ध भएको थियो । हाल लार्चामा बेलिब्रिज जोडिएपछि त्यहाँको समस्या भने समाधान भएको छ ।