गुल्मी ।पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा ठूला चट्टानसहित पहिरो खसेको हो ।
पहिरो खस्ने क्रम अहिले पनि नरोकिँदा अवरुद्ध सडक खोल्न समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको छ तर तत्काल पहिरो पन्छाउन असम्भव नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।