काठमाडौं । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नति हुने भएको छ ।
उक्त सडक स्तरोन्नतिका लागि लागि २०८२ असार ११ गते सक्षमरसिम्रन जेभी र पूर्वाधार विकास कार्यालयबीच रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ । सत्ताइस महिनाको ठेक्का अवधि रहेको यो योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाँडा–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुुनेछ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मानिएको यो सडक म्याग्दीको प्राथमिकता प्राप्त योजना भएको बताइएको छ ।