बैतडी । बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको नाचन्थली नजिक सडकमाथिबाट पहिरो खस्दा आज बिहान ९ बजेदेखि अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायताले पहिरो पन्छ्याएपछि दिउँसो ३ बजेदेख सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका थिए । पहिरो पन्छ्याएसँगै अहिले रोकिएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।