काठमाडौं । सांसद डा.चन्द्र भण्डारीले बाँके जिल्लाको दुर्गम क्षेत्रमा रहेका राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद भण्डारीले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुङ्गा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले उक्त समस्या समाधान गर्न पुल निर्माण गर्नुपर्ने बताएका हुन् ।
उनले त्यस क्षेत्रका स्थानीयवासीको मुख्य पेसा कृषि भएको तर धान रोप्न जान नदी पार गर्न समस्या हुने गरेको समेत जानकारी गराए । सांसद भण्डारीले केही वर्षअघि डुङ्गा तर्दा १०० जनाको निधन भएकाले पुल बनाउन सरकारलाई रुलिङ गरिदिन सभामुखसँग आग्रह गरेका छन् ।